यात्रा अनुमतिपत्र

यात्रा अनुमतिपत्रको लागि नेपाली नागरिकहरूले निवेदन साथ निम्न कागजात पेश गर्नु पर्नेछ:

  1. रितपूर्वक भरिएको दरखास्त फाराम प्रति फारामका लागि यहाँ क्लिक गर्नुहोस्।
  2. पुरानोको राहदानी सक्कल सो को फोटोकपी
  3. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति सोको फोटोकपी
  4. महिनाभित्र खिचेको 35 mm x 45 mm आकारको रङ्गीन फोटाहरू तीन प्रति
  5. यात्रा अनुमति पत्र वापत लाग्ने दस्तूर वैंङ्कबाट पठाएको (Bank transfer) गरेको रसिद

नोट:

  • यात्रा अनुमति पत्रको म्याद महिनाको हुनेछ
  • यात्रा अनुमतिपत्रको लागि पेश गरेको निवेदनमा निवेदकले प्रदेशको नाम वा प्रदेश नम्वर आफ्नो गाँउपालिका वा नगरपालिकाको नाम वडा नम्वर समेत उल्लेख गर्नुपर्नेछ
  • यात्रा अनुमतिपत्र वापत लाग्ने दस्तुर ३५ युरो रहेको